२२ बैशाख २०८१, शनिबार
Header

सुनधारामा नगर प्रहरी र फुटपाथ व्यवसायीविचको झडपबारे महानगर प्रहरी प्रमुखसँग सोधपुछ 


प्रकाशित: विहिवार, १७ फागुन २०८०, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । हिजो (बुधवार) काठमाडौंको सुनधारमा नगर प्रहरी र फुटपाथ व्यवसायीविच भएको झडपबारे प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारले महाननगर प्रहरी प्रमुख सँग सोधपुछ गरेका छन । 


प्रमुख प्रशासकिय अधिकृत परियाले आज महानगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई बोलाएर घटनाबारे बुझेका हुन ।


सो घट्नाबार नगर प्रहरी प्रमुख पाण्डेले प्रतिरक्षाको क्रममा सो घट्ना हुन गएको बताएका छन ।


उनका अनुसार व्यवसायीले नगर प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बल प्रयोग गरेको हो ।


हिजो बेलुका सुनाधारा र काठमाडौं मल आसपास क्षेत्रमा फुटपाथ व्यवसायीले पसल राख्ने क्रममा झडप भएको भिडियो यतिखेर सामाजिक संजालमा भाइरल भएको छ । 


व्यवसायीमाथि निर्घात कुटपिट गरेको भिडिओ भाइरल बनेपछि महानगर प्रहरीको चर्को आलोचना भइरहेको छ । 


सो झडपमा नगर प्रहरी र व्यवासायीहरु समेत ११ जना घाइते भएका र उनीहरुको उपचार भईरहेको बुझिएको छ । 


यस बारे महानगरले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिइसकेको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD