७ जेठ २०८१, सोमबार
Header

सुनचाँदी व्यवसायी सेवा समितिको प्रथम साधारणसभा सम्पन्न


प्रकाशित: सोमबार, २४ बैशाख २०७५, ४ः२७ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै स्थापना गरिएको सुनचाँदी व्यवसायी सेवा समिति गोंगबुले शनिवार प्रथम साधारणसभा सम्पनन गरेको छ ।


सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा सम्पन्न सो सभाको उद्घाटन प्रमुख अथिति रहनुभएको सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव उपरिक्षक(डिएसपी) गोपाल विश्वकर्माले गर्नु भएको थियो ।

 
प्रमुख अथिति विश्वकर्माले सुनचाँदी सेवा समितिले छोटो समयमा सामाजिक क्षेत्रमा राम्रो काम गरेर सुनचाँदी व्यवसायिक क्षेत्रको छविलाई उच्च बनाएको बताउनुभयो ।


कार्यक्रमका सभापति तथा समितिका अध्यक्ष नारायण सुनारले सुनचाँदी सेवा समितिले सामाजिक सेवामा आफूलाई समर्पित गर्ने बताउनु हुदै सुनचाँदी व्यवसायिक क्षेत्र एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा अतिथिहरु बुद्धिजिवी तथा लेखक चिन्तक हिरा विश्वकर्मा, दलित अधिकार अगुवा सरु सुनार,नेपाल सुनचाँदी तथा रत्न विकास संघका सचिव सुसन सर्जन रामदाम, सुनचाँदी हस्तकला व्यवसायी संघका अध्यक्ष मोहन विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD