१४ बैशाख २०८१, शुक्रबार
Header

सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेण्टविच सम्झौता


प्रकाशित: आईतवार, १७ साउन २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालवीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । 


सम्झौता भएसँगै अबदेखि डिजिटल प्रणालीमा आधारित भुक्तानी गर्न सकिने भएको महासंघले जनाएको छ । 


आईतवार महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले आईतवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सकिने समेत महासंघले जनाएको छ । 


महासंघका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरु मार्फत रकम भुक्तानी गर्न थप सहज हुने छ । 


गेटवे पेमेण्ट नेपालका सल्लाहकार श्रेष्ठले यस प्रविधिबाट व्यापार ब्यवसाय गर्न थप सहज हुने र यसले व्यवसायीहरुलाई आत्मनिर्भर वनाउन सघाउने बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD