८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुनचाँदी व्यवसायीसँग तत्काल वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह सहित ९ बुँदे ध्यानाकर्षण


प्रकाशित: मंगलवार, २४ असार २०८२, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले समसामयिक मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 


कांग्रेस केन्द्रीय समिति बैठक (असार १६ देखि २३) द्वारा पारित निर्णयमार्फत सरकारले जनअपेक्षा अनुसारको सुशासन र समृद्धिका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ ।


बैठकले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै सरकारलाई स्थायित्व र जनभावना अनुसार काम गर्न दबाब दिएको छ।


कांग्रेसको सरकारलाई ९ बुँदे ध्यानाकर्षणः


१. कृषि आत्मनिर्भरताको माग


– मलखाद र बीउको अभाव तत्काल हटाउने।


– विषादीको नियमन, स्थानीय जैविक मल र औषधिको प्रवद्र्धन।


२. उद्योग र कर प्रणाली सुधार


– लगानीमैत्री वातावरण निर्माण, प्रक्रिया सरल बनाउने ।


– सुनलाई विलासिताको वस्तु भनेर कोटा प्रणाली नथोपार्ने ।


– आन्दोलनरत सुनचाँदी व्यवसायीसँग तत्काल संवाद गर्न आग्रह ।


३. विपद् पूर्वतयारीमा कमजोरी हटाउनुपर्ने


– भारी वर्षाका पूर्वानुमानपछि प्रभावकारी सूचना प्रणाली र नागरिक सुरक्षा सुनिश्चित गर्नुपर्ने।


४. बाढी–पहिरो पीडितको उद्धार र पुनस्र्थापना


– पीडितका लागि तत्काल राहत र पुनस्र्थापनाको माग।


– सडक, पशु र बाली क्षतिप्रति सहानुभूति प्रकट।


५. शिक्षा प्रणालीमा गुणात्मक सुधार


– वर्तमान नतिजा पर्याप्त नभएको स्वीकार । 


– व्यवहारिक तथा रोजगारमूलक शिक्षा नीति अवलम्बन गर्न आग्रह ।


६. चिकित्सक आन्दोलनप्रति चासो


– आकस्मिकबाहेक सेवा बन्दप्रति गम्भीर चिन्ता ।


– सरकार–चिकित्सक वार्ताबाट समाधान खोज्न आग्रह।


७. मधेशमा खडेरीप्रभावित कृषि संकट


– भूमिगत जलको ह्रास र कृषि उत्पादनमा गिरावटप्रति दीर्घकालीन रणनीति आवश्यक।


८. ऊखु किसानलाई भुक्तानी र सहजता


– बाँकी भुक्तानी तत्काल दिलाउन र अनुदान निरन्तरता सुनिश्चित गर्न माग।


९. सहकारी घोटालापछिका पीडितलाई राहत


– पाँच लाखसम्मको बचत तत्काल फिर्ता गराउने नीतिगत व्यवस्था।


– दोषी सञ्चालकहरूलाई कारबाही र मुद्दा छिटो टुंग्याउन माग।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex