८ भाद्र २०८३, सोमबार
Header

सुनचाँदी व्यवसायीले काठमाडौंमा खवरदारी सभा गर्ने !


प्रकाशित: आइतवार, २२ असार २०८२, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले असार २७ गतेसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन । 


सरकारले सुनचाँदी क्षेत्रमा लागू गरेको कर नीतिको विरोधमा आन्दोलनरत व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन । 


नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका सहित उपत्यका बाहिरका जिल्लाहरूमा पनि आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेका हुन ।


यस्तो छ, आन्दोलनको तालिकाः


असार २२ गते, आइतबारः


वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मागपत्र बुझाउने र न्युरोडमा प्लेकार्डसहित १ घण्टा विरोध प्रदर्शन ।


असार २३ गते, सोमबारः


आन्दोलनको रणनीति तय गर्न विज्ञहरूसँग छलफल कार्यक्रम ।


असार २४ गते, मंगलबारः


उपत्यकाभित्रका जिल्ला तथा नगरहरूमा पहिले नपुगेका आन्दोलनका कार्यक्रमहरू सञ्चालन ।


असार २५ गते, बुधबारः


न्युरोडमा १ घण्टा विरोध प्रदर्शनसहित गोष्ठी कार्यक्रम।


असार २६ गते, बिहीबारः


काठमाडौंमा खबरदारी सभा 


असार २७ गते, शुक्रबारः


राष्ट्रिय रूपमै खबरदारी सभा काठमाडौंमा आयोजना गरिने।


महासंघले सम्पूर्ण जिल्ला, नगर तथा वस्त्र–आभूषण व्यवसायी संघहरूलाई आ–आफ्नो क्षेत्रमा तालिका अनुसार आन्दोलनलाई सक्रिय रूपमा अघि बढाउन अनुरोध गरेका छन्।


सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी र बहुमूल्य रत्न–आभूषणमा कर बढाएको विरोधमा व्यवसायीहरू आन्दोलनरत छन । 


उनीहरू कर फिर्ता लिनु पर्ने माग गर्दै पसल बन्द, र्‍याली र विरोध प्रदर्शन गरिरहेका छन । 


विज्ञप्तीः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex