२६ बैशाख २०८१, बुधबार
Header

सुनचाँदी व्यवसायीद्धारा प्रेस विज्ञप्ती जारी व्यवसायी आतंकित पार्ने काम बन्द गर्न आग्रह


प्रकाशित: मंगलबार, १९ असार २०७५, २२ः१० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपाल सुनचाँदी व्यवासायी महासंघले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी व्यवसायी आतंकित पार्ने काम बन्द गर्न राज्यसँग आग्रह गरेको छ ।

 
सुनचाँदी व्यवसायीहरुलाई अनुगमन र अनुसन्धानको नाममा आतंकित गर्ने काम राज्यले अबिलम्ब बन्द गरी ढुक्कसँग व्यवसाय संचालन गर्न दिन माग गरेको छ ।

 
महासंघका महासचिव तथा प्रवक्ता मनोज कुमार साहद्धारा जारी सो विज्ञप्तप्मा हालै वर्दिया लगायत देशभरका विभिन्न सुन–चाँदीका गरगहना पसलहरुमा राज्यले अनुगमन र अनुसन्धानको नाममा व्यवसायीका पसलमा छापा मारी  व्यवसायीहरुलाई धरपकड गरि हिरासतमा लिई व्यवसायीका पसलमा रहेका सम्पूर्ण सुन–चाँदीका गरगहना, हिरा जवाहरातहरु समेत उठाई लाने वा पसल नै सिलबन्दी गर्ने जस्ता कार्यगरी व्यवसायीहरुमा डर र त्रास पैदागरि व्यवसाय नै बन्द गर्नु पर्ने अवस्थाको सृजना भएको उल्लेख गरिएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD