४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुनचाँदी व्यवसायीद्धारा प्रहरीलाई साईकल


प्रकाशित: बुधवार, ४ पुष २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । सुनचाँदी व्यवसायी सङ्घ, तनहुँले जिल्ला प्रहरी कार्यालयलाई ४ थान साइकल उपलब्ध गराएको छ । 


समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु २५ हजार बराबरको सो सहयोग गरेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष मोहनकुमार विकले प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहलाई साइकल हस्तान्तरण गरे । 


प्रहरी र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिँदै अध्यक्ष विकले यस किसिमको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए । 


प्रहरी उपरीक्षक शाहले शान्ति सुरक्षा प्रदान गर्ने दायित्व प्रहरीको भएकाले समुदायको सहयोगबाट मात्रै सो काम पूरा गर्न सकिने बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex