काठमाडौं । बुधवार सुनको मूल्य अहिलेसम्मकै उच्च मुल्यमा कारोवार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँ पुगेको छ । यो मूल्यबृिद्ध पछिल्लो सबैरेकर्ड तोडेको छ ।
यसअघि गत भदौ २ गते सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भएर नयाँ रेडर्क बनाएको थियो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा भने बुधबार सुनको भाउ प्रतितोला आठ सय रूपैयाँ बढेको हो ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।
मंगलबा चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो।
Categorized in बजार