काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ ।
बुधबार पनि सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ मा कारोबार भइरहेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो। मंगलबारसम्म सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ रहेकोमा आज थप २ हजार रुपैयाँले वृद्धि भएको हो ।
यस्तै, चाँदीको मूल्य भने ओरालो लागेको छ। बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔंस ३ हजार ५३६ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।
Categorized in बजार