काठमाडौँ । लगातार बढ्दै आएको सुनको मूल्य शुक्रबार नयाँ कीर्तिमा पुगेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुन प्रतितोला २२ सय रुपैयाँले बढ्दै २ लाख ५० हजार नाघेको हो ।
बिहीबार प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु र स्थानीय बजारमा माग उच्च रहँदा सुनको भाउ चुलिएको बताइन्छ ।
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। बिहीबार प्रतितोला ३ हजार २८० रुपैयाँ रहेको चाँदी शुक्रबार ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Categorized in बजार