काठमाडौं । शुक्रवार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोवार भईरहेको छ ।
आज एकै दिन १ हजारले सुनको मूल्यमा बृद्धि भएको हो । विहिवार छापावला सुन प्रतितोला १ लाख ४४ हजार रुपियाँ थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा कारोवार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीमा प्रतितोला ५० रुपियाँ बढेर चाँदीको मूल्य एक हजार ९ सय रुपैयाँका कारोवार भईरहेको महासंघले जनाएको छ ।
Categorized in बजार