१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यले रच्यो नयाँ इतिहास 


प्रकाशित: बुधवार, १४ माघ २०८२, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनदिनै नयाँ ऐतिहासिक रेकर्ड कायम गर्न थालेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज (बुधबार) पनि भारी अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यमा प्रतितोला ९ हजार ५ सय रूपैयाँ को भारी वृद्धि भएको छ । 


यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रूपैयाँ पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै महँगो मूल्य हो । 


यसअघि मंगलबार पनि सुनले ऐतिहासिक रेकर्ड बनाएको थियो। मंगलबार प्रतितोला ३ लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन, आज एकैदिन झन्डै १० हजार रूपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो । 


चाँदी पनि ७ हजार नाघ्यो


सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। चाँदीले पनि आज हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ।


महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला ७ हजार ३ सय रूपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार प्रतितोला ६ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी, आज ४ सय ३० रूपैयाँ ले बढेको हो । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex