२८ भाद्र २०८१, शुक्रबार
Header

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड


प्रकाशित: बुधवार, १२ भाद्र २०८१, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । बुधवार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका आज का लागि सुनको मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ ।


यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेको थियो । 


मंगलवारको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो । उक्त  दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।


चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


chunikhel ad
maharjan complex