काठमाडौं । सोमवार फेरि सुनको मूल्यले नयाँ रकेर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ ६ सय रुपैयाँले बढेको हो ।
दशैंयता सुनको मूल्यमा लगातार बृद्धि भईरहेको महासंघले जनाएको छ । असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि मंहगिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ । आइतबार भने चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ रहेको थियो ।
Categorized in बजार