१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड


प्रकाशित: आइतवार, २३ असार २०८१, १४ः१० बजे
- महानगरखवर

काठमाडौं । आइतवार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।


शुक्रवारवारको तुलनामा आज सुन भाउ प्रतितोला एक हजार रूपैयाँ बढेको हो । 


यसअघि गत जेठ २५ गते सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

 
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार चार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । 


आइतबार चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेर एक हजार आठ सय ९० रूपैयाँ पुगेको महासंघले जनाएको छ । 


शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex