काठमाडौं । मंगलवार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ ।
यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो ।
हिजो सोमबार भने प्रतितोला एक लाख ७० हजार आठ सय रूपैयाँमा सुनको कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।
24 Ferbury 2025, Tuesday
Categorized in बजार