९ भाद्र २०८३, मंगलबार
Header

सुनको मूल्यले गरयो नयाँ रेकर्ड ब्रेक, कतिमा कारोवार ?


प्रकाशित: मंगलवार, १ साउन २०८१, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । आज (मंगलबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । 


हिजोको तुलनामा भन्दा प्रतितोला नौ सय रूपैयाँ बढी हो । सोमवार सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । 


महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो। 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex