१६ बैशाख २०८१, आइतबार
Header

सुनको मूल्यले आज फेरि बनायो नयाँ रकेर्ड


प्रकाशित: विहिवार, ८ चैत्र २०८०, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । विहिवार सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ ।


नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला एकलाख २७ हजार ८ सय रुपियाँमा कारोवार भईरहेको छ । 


यसअघि गत फागुन २७ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भएको थियो।


आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार छ सय रूपैयाँ बढेको हो । महासंघको अनुसार तेजाबी सुन प्रतितोला एक लाख २७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । 
बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।


आज चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ५५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD