२४ बैशाख २०८१, सोमबार
Header

सुनको मूल्यमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड


प्रकाशित: विहिवार, २४ फागुन २०८०, १४ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाली बजारमा पछिल्लो ३ दिन लगातार सुनको मूल्यमा बृद्धि भईरहेको छ । 


बिहीबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ । नेपाल व्यवसायी महासंघका अनुसार छपावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ पुगेको छ । 


यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार पाँच सय रूपैयाँ बढी हो । यस प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । 


आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

 
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७० रूपैयाँ पुगेको महासंघले जनाएको छ । 


बुधबार चाँदी प्रतितोला एक हजार चार सय ४० रूपैयाँमा कारोबार भएको थियो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD