१२ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यमा लगातार गिरावट


प्रकाशित: सोमवार, १२ साउन २०८२, १२ः१२ बजे
- महानगरखबर

काठमाडौं । पछिल्ला चार कारोबार दिनमा नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ७ गते प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य हाल घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा झरेको हो । 


महासंघका अनुसार आइतबार र सोमबार यो मूल्यमा नै सुनको कारोबार भएको छ । सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा स्थिर देखिएको छ ।


वैशाख ९ गते सुनको मूल्यले हालसम्मकै उच्च विन्दु छुन सफल भएको थियो। त्यस दिन छापावाला सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 


यसबीच, चाँदीको मूल्य भने केहीले बढेको छ । अघिल्लो दिन प्रतितोला २,२९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर २,२९५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।


बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय मूल्य तथा माग–आपूर्तिको अवस्थाका कारण सुनको मूल्य घटेको हो । 


आगामी दिनमा मूल्य अझै घट्ने वा स्थिर रहने भन्ने विषयमा ठोस अनुमान लगाउन कठिन देखिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex