१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यमा बृद्धि हुँदा फेरि बनायो नयाँ रेकर्ड


प्रकाशित: आइतवार, ६ असोज २०८१, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । आइतवार सुनको मूल्यमा फेरि बृद्धि भएपनि नयाँ रेकर्ड कायम गरेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आज छपावाल सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँ पुगेको छ । 


यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढी हो । 


यसअघि गत भदौ ३१ गते दिन सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।


शुक्रबारको तुलनामा भने आइतबार सुनको भाउ प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो । 


यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय २० रुपिया पुगेको महासंघले जानकारी दिएको छ ।शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो। 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex