१६ बैशाख २०८१, आइतबार
Header

सुनको मूल्यमा फेरि बृद्धि, बनायो नयाँ रकेर्ड


प्रकाशित: विहिवार, १५ चैत्र २०८०, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । विहिवार सुनको मूल्यमा बृद्धि भएर नयाँ रेकर्ड बनाएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एकलाख २७ हजार ९ सयमा कारोवार भईरको छ ।


यस अघि गत चैत ८ गते सुन प्रतितोला एक लाख २७ हजार आठ सय पुुगी कारोवार भईरहेको थियो । 


महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।  


बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । 


बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय १० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।


बुधबार चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD