१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन ८ हजार एकसयले बढ्यो


प्रकाशित: मंगलवार, २८ असोज २०८२, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । 


एकैदिन ८ हजार १०० रुपैयाँले वृद्धि भई सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसअघि सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। लगातार बढ्दो अन्तर्राष्ट्रिय बजार मूल्य र स्थिर नभएको डलर विनिमय दरका कारण नेपाली बजारमा पनि सुनको मूल्य बढ्दै गएको महासंघले बताएको छ ।


सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर प्रतितोला ३ हजार ३२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । 


व्यवसायीहरूले चाँदी र सुन दुबैको मूल्यमा भएको तीव्र वृद्धि आयात लागत र अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण भएको बताउँछन । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex