काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रवार तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन (विहिवार) १ लाख ८० हजार ३ सय रुपैयाँ थियो । यस दिन सुनको मूल्यले सबै रेकर्ड तोडको थियो ।
शुक्रबार चाँदी एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको महासंघको तथ्यांकले देखाएको छ।
4 April 2025, Friday
Categorized in बजार