काठमाडौं । आइतवार सूनको मूल्यमा एकैपटक १४ सय रुपियाँले बढेर फेरि नयाँ रेडर्क बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलको १ लाख ६७ हजार ४ सय रुपियाँ पुुगेको छ । बिहीबार र शुक्रबार भने सुनको भाउ १ लाख ६६ हजार रहेको थियो ।
यसअघि सुनको भाउले गत बुधबार रेकर्ड कायम राखेको थियो । त्यसदिन सुनको भाउ तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै आइतबार चाँदीको मूल्य १ हजार ७ सय ८७ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १२ रुपैयाँले बढेको हो ।
Categorized in बजार