१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको आयात कोटा बढ्यो, अब दैनिक २५ किलो 


प्रकाशित: शुक्रवार, २४ असोज २०८२, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाणमा बृद्धि गरेको  छ । 


केन्द्रीय बैंकले अबदेखि दैनिक २० किलो सुनको कोटा बढाएर २५ किलो पुर्‍याएको हो । 


अब वाणिज्य बैंकहरूले प्रतिदिन २५ किलो सुन आयात गर्न पाउनेछन । यसअघि बैंकहरूलाई २० किलोसम्म मात्र सुन आयातको अनुमति थियो । 


बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरी सर्वसाधारणका लागि गहनाको रूपमा बिक्री वितरण गर्ने गर्दछन ।


बजारमा सुनको माग तीव्र रूपमा बढ्न थालेपछि केन्द्रीय बैंकले आयात परिमाण बढाएको हो ।  पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागेसँगै लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन । 


दिपावली नजिकिएसँगै सुनको माग झनै बढ्ने अनुमान गर्दै केन्द्रीय बैंकले आयात कोटा विस्तार गरेको हो । 


बजारमा शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम रहेको छ।


रेमिट्यान्स सीमा पनि बढ्यो


केन्द्रीय बैंकले सुन आयातसँगै विदेशबाट फिर्ता नहुने गरी पठाउन सकिने रकम (रेमिट्यान्स) को सीमा पनि २० लाखबाट बढाएर २५ लाख रुपैयाँ पुर्‍याएको छ ।


अब नेपाली वा विदेशी नागरिक, साथै नेपालमा दर्ता भएका कम्पनी वा संस्थाले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिकजस्ता प्रयोजनका लागि दैनिक २५ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन सक्नेछन । 


यसरी आउने रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्न सकिनेछ । तर, कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा ग्राहक पहिचानका कागजात अनिवार्य रूपमा लिनुपर्नेछ ।


केन्द्रीय बैंकले यस्ता रेमिट्यान्सको विवरण प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभाग र आर्थिक अनुसन्धान विभागमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex