७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सुनकोशी मरिन डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’


प्रकाशित: बुधवार, २६ बैशाख २०८१, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरेका छन । 


बुधबार सिन्धुलीमा आयोजित कार्यक्रममा प्रधनमन्त्रीे दाहालले सरुङको ब्रेक थ्रु पछि कार्यक्रमलाई सम्बोधन गर्दै  भने यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने उनले बताए । 


प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिंचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे ।


आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । 


उनले यस आयोजना कार्यान्वयनले नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिंचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताए । 


सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिन्धुली र रामेछाप जिल्लाको सिमानाबाट सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङ मार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाइ आयोजनामा र्पुयाउने छ । 


हाल सिंचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिंचाइ सुविधा र्पुयाउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex