काठमाडौं । सुनकोशीमा माछा मार्न गएका २ भारतीय नागरिक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका अन्तर्गत जुरेस्थित सुनकोशी बेपत्ता भएका दुई भारतीय नागरिकहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन ।
उनीहरुलाई आइतबार नदीले बगाएर बेपत्ता भएका खोजी कार्यमा रहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ ।
Categorized in समाज