११ बैशाख २०८१, मंगलबार
Header

सुनकोशीमा बेपत्ता भएको गाडी र २ शव भेटियो, एकको अझै खोजी 


प्रकाशित: मंगलवार, २३ जेठ २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । गत शुक्रवार सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका गाडी र २ वटा शव फेला परेको छ । 


मंगलवार शव र गाडी सुनकोशीबाट बाहिर निकालिएको सशस्त्र प्रहरी वलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएको राष्ट्रिय समाचार समिति (रासस)ले उल्लेख गरेको छ । 


सशस्त्र प्रहरीको बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले गाडी र शवको पत्ता लगाएको थियो । 


प्रहरीका अनुसार उनीहरुको शव सनाखत हुन बाँकी रहेको बताएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बा १ झ ७४६७ नम्बरको गाडी खसेको थियो । 


उक्त गाडीमा चालकसहित चार जना सवार थिए । राप्ती दाङ घर भएका चालक कृष्ण चौधरी घट्नास्थलबाट पौडी खेलेर बाहिर आउन सफल भएका छन । 


सो दुर्घट्नामा सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए । 


उनीहरुमध्ये अझै एक जना वेपत्ताको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD