७ जेठ २०८१, सोमबार
Header

सुडानमा पाउरोटी मूल्य बृद्धिको विरोध गर्दा २२ जनाको मृत्यु


प्रकाशित: शुक्रवार, २७ पुष २०७५, १०ः१० बजे
- महानगरखबर

काठमाडौं । पाउरोटीको मूल्य बृद्धि गरेको भन्दै सुडानमा राष्ट्रपति ओमार अल बशरको सरकारविरुद्ध सडकमा प्रदर्शनको क्रममा २२ जना सुडानीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।


सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेपछि केही दिनयता हजारौका संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रेका छन् । 


प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आन्दोलनलाई राष्ट्रव्यापी बनाएको छ । 


मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको समाचारमा जनाइएको छ ।


प्रदर्शनकारीहरुले खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका छन् । 


प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएका झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन ।


त्यसैगरी सरकारले इन्धनको मूल्यपनि चर्को रुपमा बढाएपछि सर्वसाधरण जनता झनै आक्रोशित बनेका छन । 


अहिलेको आन्दोलनलाई सन १९८९ मा राष्ट्रपति ओमार अल बशिरले शक्ति हत्याए यताको सबैभन्दा गम्भीर नागरिक असन्तोषका रुपमा लिइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD