काठमाडौं । काठमाडौं महानगरपालिकासँग स्थानीय, सर्वसाधरण लगायतले सुचनाको हक प्रयोग गरी विभिन्न आवश्यक सुचनाहरु माग गरेका छन ।
महानगरबाट मिति २०८१ बैशाख २ गतेदेखि असार ३१ गते सम्म विभिन्न ५५ जनाले माग गरेका सुचनाहरु महानगरले सार्वजनिक गरेको छ ।
स्मार्ट पार्किङ ठेक्का, अनुगमन, महानगर प्रमुख बालेन्द्र साहको सल्लाकारको नियुक्ती, फुटपाथ निर्माण, बहाल कर संकलन, काष्ठमण्डपभित्र सर्वसाधरण कहिले प्रवेश पाउने, नेपाली सेना तथा प्रहरीले कुन संरचना प्रयोगबाट वाहाल कर तिर्ने लगायतका सुचनाहरु माग गरिएको छ ।
सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सुचना हक सम्बन्धी नियामावली, २०६५ को नियम ३ बमोजिम महाानगरले सार्वजनिक गरेका हो ।
हेरौ माग गरिएको सुचनारुः
Categorized in स्थानिय