काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने बैद्य महोवादीको एक कार्यकर्ता पक्राउ परेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं ४ का ३७ बर्षिय सेरश तमाङलाई पक्राउ गरेको हो ।
महाशाखाको टोलीले उनलाई आईतबार थानकोट पानीघाटबाट पक्राउ गरेको हो ।
वैद्यको पार्टी नेकपा क्रान्तिकारी माओवादीको भ्रातृ संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य रहेका तमाङ लगायतले महाप्रबन्धक कंसाकारलाई शुक्रबार दिउँसो साढे ३ बजे उनकै कार्यालयमा कालोमोसो दलेर दुव्र्यवहार गरेका थिए ।
Categorized in समाज