१३ बैशाख २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सुकुम्वासी स्क्रिनिङः २१९ परिवारका ९९७ जना पुुगे


प्रकाशित: आइतवार, १३ बैशाख २०८३, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । भत्काइएका थापाथली, गैरीगाउँ, सिनामंगल लगायतका सुकुम्बासी बस्तीबाट विस्थापित भएका परिवारहरूलाई अस्थायी व्यवस्थापनका लागि दशरथ रंगशाला लगिएको छ ।


आइतबार मध्याह्नसम्म रंगशालामा २१९ परिवारका ९९७ जना पुगेका छन । 


प्रहरीद्वारा बस्ती हटाइएपछि अन्यत्र बस्ने व्यवस्था गर्न नसकेका तथा वैकल्पिक आवास नभएका परिवारहरूको विवरण संकलन गर्न उनीहरूलाई सुरुमा रंगशालामा राखिएको हो ।


रंगशालामा प्रारम्भिक तथ्यांक संकलनपछि ती परिवारहरूलाई विभिन्न पाँच वटा ‘होल्डिङ सेन्टर’ मा सार्ने व्यवस्था गरिएको छ ।


अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरण ले संयुक्त रूपमा विवरण संकलन गरिरहेका छन ।

 
रंगशालाको पश्चिमी भागमा छुट्टाछुट्टै डेस्क स्थापना गरी फारम भराइँदै गरिएको छ । सामाजिक परिचालक कुमार सिंखडाका अनुसार आइतबारसम्म २१९ परिवारको एकीकृत तथ्यांक संकलन भइसकेको छ ।


उनले भने, “हिजोको तुलनामा आज भीड बढेको छ । थापाथलीबाट आउने क्रम घट्दै गएको छ भने सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रबाट आउने संख्या उल्लेख्य रूपमा बढेको छ । व्यवस्थापन सहज बनाउन थप डेस्क राखिएको छ।”


यसअघि शनिबार फारम भरेका ३१ परिवारलाई कीर्तिपुर स्थित सत्संग भवनमा राखिएको थियो ।

 
उक्त होल्डिङ सेन्टर भरिएपछि बाँकी परिवारहरूको व्यवस्थापन अन्य स्थानमा गरिएको सम्बन्धित निकायले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex