४ भाद्र २०८३, बिहिबार
Header

सुकुम्बासी बस्ती हटाउने क्रममा नगर प्रहरी प्रमुखमाथि आक्रमण गर्ने २ जना पक्राउ


प्रकाशित: शुक्रवार, १९ फागुन २०७९, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी हटाउने क्रममा काठमाडौं महानगर नगरप्रहरी प्रमुख राजु पाण्डेमाथि आक्रमण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा नारायण परिश्रमी र हुकुमबहादुर लामालाई पक्राउ गरेको हो । परिश्रमीलाई प्रहरीले सुनसरी र लामालाई शंखमुलबाट पक्राउ गरेको हो। 


सो आक्रमणमा पाण्डेको टाउकोमा चोट लागेको भने अन्य प्रहरी पनि घाइते भएका थिए । 


प्रहरीले उनीहरूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव कसुरको मुद्दामा म्याद थप गर्ने तयारी गरिरहेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex