७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सुकुम्बासीलाई छिटो जग्गा वितरण गर्न अर्थमन्त्री पौडेलको निर्देशन


प्रकाशित: सोमवार, १९ माघ २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुकुम्बासीलाई जग्गा वितरण गर्ने कार्यलाई तिव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएको छ । 


सोमवार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउन सचिवालयले जनाएको छ ।


सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहिनको लागत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन दिएको हो । 


आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरेको जानकारी गराउँदै १८ घण्टा खटेर काम गर्ने बताए । 


आयोगका अनुसार ७४ जिल्लाका ४ सय १ स्थानीय तहसँग भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापन कार्यका लागि समझदारी भइसकेको छ ।


आयोगका अनुसार २०७८ साल असारसम्ममा १ सय स्थानीय तहको नापजाँच कार्य सम्पन्न गरी कम्तिमा ५० हजारलाई जग्गाधनी पूर्जा वितरण गरिने लक्ष्य रहेको समेत बताइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex