१३ बैशाख २०८१, बिहिबार
Header

सी भ्रमणको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ


प्रकाशित: शुक्रवार, २४ असोज २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा विरोध गर्ने आशंका प्रहरीले समाजवादी पार्टीकी नेतृ सुनिता साहलाई पक्राउ गरेका छन । 


साहलाई प्रहरीले शुक्रवार बेलुका सप्तरीको सदरमुकाम राजविराजबाट पक्राउ गरेको छ । प्रहरीले उनलाई काठमाडौंमा ल्याउने बताएको छ । 


सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँका अनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको पत्राचारको आधारमा उनलाई पक्राउ गरिएको हो । 


सी भ्रमणको लागि नेपाल सरकारले गरिरहेको खर्चको विषयलाई लिएर साहले सामाजिक सञ्चालनमा विरोध समेत समेत जनाएका छन । 


यसअघि चीनका विदेशमन्त्री नेपाल आउँदा बिरोध प्रदर्शनमा सहभागी भएकी सत्तारुढ समाजवादी पार्टीकी एक नेतृ सप्तरीबाट पक्राउ परेकी हुन । चीनका विदेशमन्त्री वाङ यी भदौको तेस्रो साता नेपाल आउँदा काठमाडौंस्थित चीनको दूतावास अगाडि भएको प्रदर्शनमा साह पनि सहभागी थिइन । 


२३ भदौमा चीनका विदेश मन्त्री आउँदा विवाह गर्ने बहानामा नेपाली महिलालाई चीन लगेर दुव्र्यबहार गरिरहेको भन्दै प्रदर्शन गरिएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD