१४ बैशाख २०८१, शुक्रबार
Header

सीसीटिभी जडान गर्न काठमाडौं महानगरको नेपाल प्रहरीलाई ६ करोड


प्रकाशित: विहिवार, ७ बैशाख २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सीसीटिभी (क्लोज स्कर्यूट टेलिभिजन) जडान गर्न नेपाल प्रहरीलाई ६ करोड प्रदान गर्ने भएको छ । 


सो कार्यमा सहकार्य गर्न नेपाल प्रहरी र महानगरविच एक सम्झौता भएको छ । 


सम्झौता अनुसार महानगर क्षेत्रभित्र सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घट्ना, फोहोरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुुष, सार्वजनिक सम्पतीको उपयोग जस्ताब सहरी सुशसानको लागि सीसीटिभीको उपयोगको लागि सम्झौता भएको महानगरले जनाएको छ ।

 


महानगर प्रमुख बालेन्द्र साह (बालेन)को उपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  


सम्झौता अनुसार क्यामराहरु पीटीजेड (प्यान, टिल्ट, जुम) विशेषताका हुनेछन । 


क्यामरा जडान भएका ठाउँहरुमा रात्रीकालीन दृश्य हेर्नका लागि सडक वत्तीको व्यवस्था गरिनेछ । 


निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गरिनेछ ।  महानगरको भौगोलिक क्षेत्रभित्र दुवै पक्षको नीति र आवश्यकताका आधार सीसीटिभी राख्ने स्थान एकिन गरिनेछ । 


शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता  सहरी सुशासनसँग सम्बन्धित गतिबिधि निगरानी गरिने छ । 


महानगरका वडाहरुले जडान गर्ने सीसीटिभी क्यामरा जडानका लागि नेपाल प्रहरीले प्राविधिक सहयोग गर्ने, प्रणालीमा आवद्ध गर्ने, उपकरण तथा संयन्त्र हस्तान्तरण गरि लिनदिन सक्नेछ । 


सम्झौतामा अनुसार ५० प्रतिशत अर्थात ३ करोड रुपैयाँ आउँदो १५ दिन भित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिइने महानगरपालिकाले जनाएको छ । 


सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार यसअघि २०७५ फागुन १५ गते सम्झौता गरेर महानगरले प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो । 


जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरामध्ये अहिले १५८ वटा चालु अवस्थामा छन । राखिएकामध्ये सडक विस्तारका क्रममा ७ वटा प्रयोग विहिन भए । 


उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाअनुसार उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD