१५ चैत्र २०८०, बिहिबार
Header

सीसीएमसी बैठकः स्मार्ट लकडाउनबारे छलफल


प्रकाशित: शुक्रवार, २३ पुस २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । ओमिक्रोन संक्रमण बढेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बसेको छ । 


शुक्रावर समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।


स्वास्थ्य  तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बैठकबारे जानकारी दिँदै सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन तथा कोभिड–१९ विरुद्ध खोप लगाउने कामलाई अझ तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन भएको बताए । 


बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको उनले बताए । 


संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको स्वास्थ्यमन्त्री खतिवडाले बताए ।


सीसीएमसी बैठकले तेस्रो चरणको बुस्टर डोज खोप पनि अघि बढाउने अनुमति दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD