२० बैशाख २०८१, बिहिबार
Header

सीआईबी प्रमुख फेरिए, किरण बज्राचार्यको सट्टा श्यामलाल


प्रकाशित: शुक्रवार, १ चैत्र २०८०, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मेवारी हेरफेर भएको छ । 


शुक्रवार बसेको मन्त्रिपरिाषद् बैठकले सीआइबी प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई तोकेको छ । 


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार  यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिएको हो । 


सुन तस्करी प्रकरण सम्बन्धी छानविनको लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटी देखाएछि बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी भएको थियो ।


त्यसैगरी, आयोगले सुन तस्करी अनुसन्धानमा त्रुटी औल्याँदै एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD