१२ बैशाख २०८१, बुधबार
Header

सिराहको मालपोत कार्यलयमा बम बिष्फोट


प्रकाशित: आईतबार, १ चैत २०७७ १४:०० बजे
- महानगरखवर

काठमाडौ । सिरहाको लहानस्थित मालपोत कार्यलयमा प्रेसरकुकुर बम बिस्फोट भएको छ । 


बिस्फोटनमा परि ६ जना घाइते भएको छ भने १ जनाको अबस्था गम्भीर छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाका अनुसार बिस्फोट १२ः४० बजे भएको हो ।


विस्फोटमा गम्भीर घाइते भएका दिनेश भण्डारीलाई उपचारका लागि काठमाडौं काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार गरिने भएको छ । 


उनी जग्गा सम्बन्धी काम गराउन आएका भण्डारी बम विस्फोटमा परी गम्भीर घाइते भएका थिए ।


विस्फोटमा परि मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, सेवाग्राही भोलाबहादुर पाछे मगर, फूलकुमारी ठाकुर, बेचनी मगरसहितका घाइते भएका छन । 


विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD