८ भाद्र २०८३, सोमबार
Header

सिमा नाका तथा त्रिभुवन विमानस्थलमा यी अवस्थामा कोभिड १९ परीक्षण गराउनु पर्ने


प्रकाशित: आईतवार, ६ चैत्र २०७८, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको सिमा नाका र त्रिभुवन विमानस्थालमा कोभिड १९ लगायत संक्रमक रोगको परीक्षण गराउनु पर्ने सुचना जारी गरेका छ । 


आईतवार मन्त्रालयले जारी गरको सुचना अनुसार पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाभित्रको कोभिड १९ परीक्षण नेगेटिभ रिपोर्ट नभएका यात्रुहरु, पूर्ण खोप प्राप्त गरेका वा ७२ घण्टाभित्रको कोभिड १९ परीक्षण नेगेटिभ भएता पनि कोभिड १९ को लक्षण –चिन्ह भएका यात्रुहरुले परीक्षण गराउनु पर्ने छ । 


त्यसैगरी ५ बर्षमाथिका बालवालिकाहरु जसले पूर्ण खोप प्राप्त गरेका छैनन वा जसको ७२ घण्टाभित्रको कोभिड १९ को परीक्षण को रिपोर्ट छैन वा उल्लेखित मध्ये दबै मध्ये कुनै एउटा भएपनि कोभिड १९ सँग मिल्दा जुल्दा लक्षण र चिन्हरु छ भने कोभिड परीक्षण गराउनु पर्ने मन्त्रालयले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex