१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सिमलटारमा प्रमुख शाक्यले क्रियापुत्री र गुरुदेव भवनको उद्घाटन गरे


प्रकाशित: बुधवार, १८ फागुन २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको वडा ६ सिमलटार महामृत्युञ्जय मन्दिर परिसरमा किरियापुत्री भवन उदघाटन गरेका छन । 


प्रमुख शाक्यसँगै संघीय संसद सदस्य कृष्ण राई, वडाध्यक्ष दीपेन्द्र लामाले किरियापुत्री भवन र जय गुरुदेव भवन उदघाटन गरेका हुन ।


संसद विकास कोष, महानगरपालिका, बौद्धनाथ क्षेत्र विकास समिति, उपभोक्ता समितिको लागत सहभागितामा २ तले भवन निर्माण गरिएको हो । भवनमा एक पटकमा ५ वटा परिवारले किरिया गर्न सक्छन ।


२ तले भवन करिब १२ लाख रुपैयाँमा निर्माण गरिएको हो ।


सो अवसरमा प्रमुख शाक्यले भने, ‘वडाबाट सम्पन्न कामहरुको एकीकृत संगालो महानगरको प्रगति हो । हामीले वडा समितिबाट हुने कामका लागि सहजीकरण गरेका छौँ । माग भएका योजनाहरु प्राथमिकताका आधारमा स्वीकृत गरेका छौँ ।’ मेयर शाक्यले भन्नुभयो, ‘तत्काल नगरि नहुने कुनै काम छन् भने ती कामहरु गर्न अझै पनि समय छ । सार्वजनिक जग्गा संरक्षण गर्न र पार्क बनाउने कामलाई प्राथमिकता दिऔँ ।’


त्यस क्रममा संघीय संसद सदस्य कृष्ण राई, वडाध्यक्ष दीपेन्द्र लामाले आ–आफ्नो मन्तव्य राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex