२७ बैशाख २०८१, बिहिबार
Header

सिभिल सहकारीका इज्छाराजलाई ३ बर्ष, पत्नीलाई ६ महिना र मामा ससुरालाई डेढ बर्ष कैद साजय


प्रकाशित: आइतवार, २१ माघ २०८०, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ ।  


तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै सो फैसला गरेको हो र त्यति नै रकम जरिवाना पनि तोकेको छ ।


विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सो फैसला सुनाएको हो । 


इजालसले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको छ । 


इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको हो । 


अदालतले इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश समेत दिएको छ ।


१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी, अनि मामाससुरा केशवराज विरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD