५ जेठ २०८१, शनिबार
Header

सिभिल बैंकले ४.०५ प्रतिशत लाभांश बाड्ने


प्रकाशित: आईतबार, ५ फागुन २०७५, २०ः१० बजे
- महानगरखबर

काठमाडौँ । सिभिल बैंकले आफ्नो शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 


बैंकले आव २०७४÷७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको हो । २९ करोड ४० लाख दुई हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 


बैंकको चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने सो रकम वितरण गरिने भएको छ । 


नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ । 


कम्पनी सचिव हिराकाजी बस्नेतका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 


आर्थिक वर्ष २०७३÷७४ मा लाभांश घोषणा गरेपनि शेयरधनीले हालसम्म पाएका छैनन । बैंकले आव २०७२÷७३ मा २.८८ प्रतिशत शेयर लाभांश दिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD