१२ भाद्र २०८३, शुक्रबार
Header

सिफलमा सहिद धर्मभक्तको पूर्ण कदको शालिक प्रतिस्थापन 


प्रकाशित: सोमबार, १३ माघ २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंका सिफल उकालोमा सोमबार सहिद धर्मभक्त माथेमाको पूर्ण कदको शालिक प्रतिस्थापन गरिएको छ । 


नेपालमा प्रजातन्त्रका स्थापनाको लागि अमरत्व प्राप्त गरेको उक्त स्थानमा काठमाडौं महानगर प्रमुख एवं सहिद सप्ताह मूल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यले शालिक अनावरण गरे । 


सडक विस्तारको क्रममा शालिक भत्काउनु पर्ने भएपछि साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । उक्त शालिक कलाकार महेश तुलाधरले तयार गरेका हुन । 


यस अघि पहिलो पटक २०५३ माघ १३ गते सहिद धर्मभक्तको शालिक अर्धकदको थियो । 


महानगरले ८ लाख ५ हजार भ्याटसहित लागतमा शालिक र अन्य पूर्वाधारसहित करीब १७ लाख रुपैयाँ लागतमा पूर्णकदको कालो रङ्गको शालिक निर्माण गराएको हो । 


शालिक अनावरको क्रममा प्रमुख शाक्यले चार सहिदको चर्चा गरेका गर्दै भने,‘ व्यक्तिगत उन्नतिभन्दा माथि उठेर सामुहिक समृद्धिका लागि ज्यानको बाजी लागएका थिए ।  त्यो बाटो हामीले अनुसरण गर्नुपर्छ । नागरिकले अधिकारका प्राप्तिका क्षेत्रमा हात लागेका उपलब्धीलाई संस्थागत र जनताको हितमा प्रयोग गर्नुपर्छ ।’


सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, शिक्षाबिद् एवं त्रिभुवन बिश्वबिद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, माथेमा गुठीका अध्यक्ष नरेशरामभक्त माथेले सहिद माथेमाले प्रजातन्त्रको लागि पुराएको योगदानको बारेमा बोलेका थिए । 


वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेके बकाइनोको रुखमा धर्मभक्त माथेमालाई झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।


सहिद धर्मभक्तको वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्म भएको थियो । 


तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराजशास्त्री, धर्मभक्तमाथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए ।


निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex