१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सिन्धु कन्टेनर बचतको ११ औं बार्षिक साधारणसभा सम्पन्न 


प्रकाशित: विहिवार, १३ असोज २०७८, १८ः०० बजे
- केडिआर

काठमाडौं । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाको मंगलवार ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । 


संस्थाको गठ्ठाघर सदस्य सेवा केन्द्रको कार्यलयमा आयोजित सभाबाट संचालक समितिलेले प्रस्तुत गरेको विषय प्रस्तावहरु अनुमोदन गरिएको छ । 


सभाबाट अध्यक्षद्धार आ.व. २०७७/०७८ मा हासिल गरेको प्रगति प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट सचिवद्धारा आ.व. . २०७७/०७८ को बार्षिक प्रतिवेदन र आ.व २०७८/०७९ को बार्षिक कार्ययोजना प्रतिवेदन, आ.व. २०७७÷०७८ लेखा परीक्षण प्रतिवेन पारित गरिएको  छ । 


त्यसैगरी लेखा समितिको संयोजकबाट आ.व.२०७७/०७८ प्रगती प्रतिवेदन, शेयर लाभांश वितरण सम्बन्धी प्रस्ताव, आ.व. २०७८/०७९ लेखा परीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण, बार्षिक साधारणसभाको निर्णय पुस्किताकामा हस्ताक्षरण गर्नका लागि प्रतिनिधि चयन प्रस्तावलाई सभाले अनुमोदन गरे । 


सभामा नीति तथा कार्यविधी अनुमोदन गर्ने र संस्था एकिकरण गर्ने सम्बन्धमा पनि छलफल गरिएको थियो । 


संस्थाले सभामा सहकारीका वितिय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो । आ.व. २०७७/०७८ मा संस्थाको सेयर पूँजी १३ करोड ४२ लाख ३२ हजार, बचत १४ करोड ३७ लाख ७८ हजार ४६८ रुपियाँ ७६ पैसा, लगानी हिसाव ११ लाख ३४ हजार, लगानीमा रहेको ऋण ३९ करोड ४१ लाख ४६ हजार ८ सय ७६ रुपियाँ रहेको छ । 


त्यसैगरी, स्थीर सम्पती १७ लाख २१ हजार ७६४ रुपियाँ ९७ पैसा, खर्च ५ करोड २० लाख ६३ हजार १२४ रुपियाँ ४५ पैसा, ७ करोड ६९ लाख ८३ हजार १०४ रुपियाँ १७ पैसा, शुद्ध बचत २ करोड ४९ लाख १९ हजार ९७९ रुपियाँ ७२ पैसा, जगेडा कोष ७ करोड ४२ लाख १८ हजार २४९ रुपियाँ ५ पैसा र ऋण सुरक्षण कोष २ करोड ६७ लाख ४२ हजार २२७ रुपियाँ ३ पैसा रहेका छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex