४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सिन्धुलीमा एक युवा पक्राउ गर्न सडक अवरुद्ध


प्रकाशित: शनिवार, ६ असोज २०७५, १३ः०६ बजे
- महानगरखबर

काठमाडौं । सिन्धुलीको दूधौली नगरपालिकाले एक युवालाई पक्राउ गर्न दवाव दिन स्थानीयले सडक अवरुद्ध पार्न बाध्य हुनु प¥यो । 


स्थानीयले पटक–पटक पक्राउ गर्न आग्रह गरेपनि प्रहरीले आलटाल गरेपछि सडकमा काठका मुढा, ढुङ्गा राखेर सडक नै अवरोध पारेपछि प्रहरीले दिगम्बर शाहलाई  पक्राउ गरेको छ ।


स्थानीयका अनुसार नगरपालिकाको युवायुवतीहरुलाई रोजगार दिने नाममा ठगी गरेको भन्दै उनलाई पक्राउ गर्न दवाव सिर्जना गरेको थियो । 


शैक्षिक सामग्री वितरण केन्द्रका नाममा तालीमको आयोजना गर्ने केन्द्रका शाहलाई शुक्रवार पक्राउ गरि शनिवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थप अनुसन्धानको लागि ल्याएको हो । 


दूधौली नगरपालिका–२ हत्पते भलुवाहीमा रोजगारीका लागि नेतृत्व विकास तालीम दिने भन्दै सिन्धुलीसहित अन्य जिल्लाका युवायुवतीलाई फसाएको भन्दै स्थानीयवासीले विरोध गरेका थिए ।  


शैक्षिक सामग्री वितरण केन्द्रले कर्मचारी आह्वान गरेर हत्पतेको रतनपुर जङ्गलमा तालीमको बाहना गर्दै सिन्धुली, उदयपुर, डडेल्धुरा, बझाङलगायत जिल्लाका २५ जना युवायुवतीलाई बेचबिखन गर्न लागिएको समेत स्थानीयवासीले आरोप लगाएका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex