८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सिन्धुपाल्चोक भूकम्पले काठमाडौंमा कडा धक्का, केन्द्रविन्दु क्षेत्रमा सामन्य क्षति 


प्रकाशित: शुक्रवार, १६ फागुन २०८१, ०६ः१० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार विहान सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ । 


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारका अुनसार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौं उपत्यकामा भूकम्पको कडा कम्पन महसुस गरिएपछि मानिसहरु बाहिर आएका थिए । धक्काको कोशी, मधेस प्रदेशमा पनि धक्का महसुस गरिएको थियो । 


पछिल्लो अपडेट अनुसार सिन्धुपाल्चोकमा आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएको छ । 


यसैगरी, कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने भोटेकोशी गाउँपालिका वडा नम्बर ३  स्थित दुगुनागढीमा पहिरो खसेको छ ।

 

28 Ferbury 2025, Friday

asteriskhubs
Home Page Bottom Second


maharjan complex