१ जेठ २०८१, मंगलबार
Header

सिनामंगलमा शकांस्पद बस्तु राख्ने एक जना पक्राउ 


प्रकाशित: बुुधवार, ३ साउन २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शकांस्पद बस्तु राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 


बुधबार बिहान सो बस्त राखेपछि प्रहरीले अनुसन्धानको क्रममा सिसिटिभी फुजेट अध्ययन गरेपछि ती व्यक्ति पक्राउ परेका हो । 


पक्राउ पर्नेमा रौतहटका खजाञ्ची पासवान रहेको प्रहरीले जनाएको छ । 


उनीहरुले बिहान साढे ६ बजेतिर आएर शंकास्पद वस्तु हालेको सिसिटिभी फुटेजमा देखिएको प्रहरी अधिकारीले बताएको छ । 


प्रहरीका अनुसार शंकास्पद बस्तु राखेर ती पक्राउ परेका व्यक्तिसशस्त्र प्रहरीको पछाडि बसेर लुकेर हेरिरहेका थिए । मनिटरमा देखिएको हुलिया अनुसार मिलेकोले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 


सिसिटिभीमा दुई जना युवाहरू आएर शंकास्पद वस्तु राखेको देखिएको छ । एक जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 


ज्वेलर्स अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ । त्यसमा बिस्फोटक पदार्थ नरहेको सेनाले जनाएको छ । 


ज्वेलर्स अगाडि भेटिएको एउटा पर्चामा नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको प्रहरीले बरामद गरेको छ ।


ज्वेलरीका सञ्चालक मने विश्वकर्माका अनुसार उनलाई ५ लाख रुपैयाँ माग्दै धम्कीसहितको फोन पटक-पटक आएको थियो । नदिएपछि शंकास्पद वस्तु राखेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD