१२ बैशाख २०८१, बुधबार
Header

सिथी नखःको अवसरमा नेवाः देय् दबु २० वडाले ढुंगेधारा सफा गरे (तस्वीरहरु)


प्रकाशित: विहिवार, ११ जेठ २०८०, १५ः३० बजे
- महानगरखबर

काठाडौं । सिथी नखःको अवसरमा नेवाः देय् दबु २० वडाले भिमसेनथानस्थित ढुंगेधाराको सरसफाई गरेको छ ।


दबूको अयोजनामा स्थानिय युवाहरु, समाजसेवी लगायतको सहभागितमा सफाई गरेको दबूका अध्यक्ष बिजेता श्रेष्ठले जानकारी दिईन ।

 


सो सफाई कार्यक्रमका लागि २० वडा कार्यलय र दे भ्वय छेँले सरसफाईको लागि आवश्यक सरसमान उपलव्ध गराएको उनले बताईन । 


आज काठमाडौं उपत्यकामा नेवारी समुदायले सिथि नखः पर्व इनार, कुवा, धारा लगायत पानीको स्रोत सरसफाइ गरी मनाउने चलन छ ।  

 


सिथि नखः काठमाडौं उपत्यकामा नेवारी समुदायले मनाउने  वार्षिक जात्रापर्वको अन्तिम दिन हो । 


जेठ शुक्ल षष्ठीमा मनाइने भएकाले यो पर्वलाई षष्ठी वा सिथि नखः भनिएको हो । 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD